NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

करिअरको अन्तिम ग्राण्डस्ल्याममा सानिया मिर्जाको जोडी पराजित

काठमाडौं । भारतीय टेनिस खेलाडी सानिया मिर्जा र रोहन बोपन्नाको जोडी अस्ट्रेलियन ओपनको मिक्स डबल्सको फाइनलमा पराजित भएको छ ।

सानिया र बोपन्नाको जोडी ब्राजिलका राफेल माटोस र लुइसा स्टेफानीको जोडीसँग ६–७, २–६ ले पराजित भएको हो ।

यो सानिया मिर्जाको करियरको अन्तिम ग्ल्यान्डस्ल्याम थियो।

उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल दुबईमा फेब्रुअरी १९ बाट सुरु हुने डब्लुटिए १००० टेनिस च्याम्पियनसिपमा खेल्नेछिन् र त्यसपछि टेनिसबाट सन्यास लिनेछिन् ।

सानिया मिर्जाले पछिल्लो पटक सन् २०१४ मा ब्रुनो सोरेससँग मिलेर मिक्स डबल्सको उपाधि जितेकी थिइन् ।