वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिपिडब्लु लघुवित्तको आइपिओ आउँदै
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही माघ २२ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण शेयर बिक्री गर्ने भएको हो ।
उक्त कम्पनीले प्रतिकित्ता एक सय अङ्कित दरका नौ हजार सात सय कित्ता साधारण शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।
निष्कासित शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आगामी फागुन ८ गतेसम्म अधिकतम एक हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आइआर बिबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदको आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया