राष्ट्र बैंकद्वारा ‘विप्रेषण विनियमावली २०६७’ खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र विप्रेषण विनियमावली २०६७’ लाई खारेज गरेको छ । राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७’ लाई खारेज गर्दै ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९’ जारी गरेको हो ।
राष्ट्र बैंकले उक्त नयाँ विनियमावली जारी गरेको जानकारी गराउँदै विदेशी विनिमय ब्यबस्थापन विभागले नयाँ नियमावली बमोजिम गर्न गराउनको विप्रेषण कारोबार गर्ने सम्पूर्ण कम्पनीहरुलाई निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ जारी गरेको जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया