अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै
काठमाडौं । नेपाल टेनिस सङ्घको आयोजनामा जे ६० काठमाडौँ आइटीएफ जुनियर टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट-१ प्रतियोगिा यही माघ १६ गतेदेखि हुने भएको छ ।
यु-१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ आठ तथा गल्र्सतर्फ सात राष्ट्रको सहभागिता रहने आयोजक सङ्घका सदस्यसमेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए । ब्वाइज र गर्ल्स दुवैमा समान ६४-६४ खेलाडी रहेकाले दुवै समूहमा समान ३२-३२ खेलाडीको ‘मेन ड्र’ का लागि शनिबार र आइतबार छनोट खेल खेलाइने छ ।
छनोटको ब्वाइजमा नेपालबाट नौ, भियतनाम, चाइनिज ताइपेइ, चीन र दक्षिण कोरियाबाट समान तीन–तीन, अमेरिका र हङकङबाट समान दुई-दुई तथा भारतबाट ३९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
गर्ल्समा नेपालबाट नौ, हङकङ, बेल्जियम, रुस र थाइल्यान्डबाट एक–एक, मङ्गोलियाबाट दुई र भारतबाट ४९ खेलाडी सहभागी हुने छन् । प्रतियोगिताको खेल सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख खर्च हुने आयोजकले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया