बन्द प्रशिक्षणको लागि क्यानले छान्यो २८ खेलाडी, टोलीमा सन्दिप अटाएनन्
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा छानेको छ ।
उक्त २८ जनामा बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका पूर्वकप्तान सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन ।
लामिछानेविरुद्ध एक नाबालिकमाथि जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएपछि उनी असोज २० गते त्रिभुवन विमान स्थलबाट पक्राउ परेका थिए ।
त्यसपछि जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । विदेश रहेकै बेलामा लामिछानेविरुद्ध उजुरी परेपछि उनको कप्तान पद निलम्बनमा परेको थियो ।उच्च अदालत, पाटनले २० लाख धरौटीमा ससर्त रिहा गर्न आदेश दिएपछि उनी २९ पुसमा थुनामुक्त भएका थिए।
थुनामुक्त भएसँगै क्रिकेट संघका पदाधिकारीहरुले खेलमा फर्काउने विषयमा छलफल गरेर टिममा ल्याउने तयारी गरेका थिए । तर शुक्रबार घोषित प्रारम्भिक टोलीमा उनी अटाएनन् ।
टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डरी, सागर ढकाल र सन्दीप जोरा, किशोर महतो, कमल सिंह ऐरीलगायत छन् ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया