पद गुमेपछि रविले भने, ‘न्यायालयभन्दा ठूलो कोही छ र ?’
काठमाडौं । सांसद, उपप्रधान तथा गृहमन्त्रीको पद गुमेसँगै रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई आफूले पूर्ण रुपमा स्वागत गर्ने बताएका छन् । सिंहदरवार परिसरमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘सर्वोच्च अदालतभन्दा माथि कुनै निकाय छ र ? अदालतको फैसलालाई म एकदम स्वागत गर्छु ।’
अदालतको फैसलासँगै आफू अनागरिक भएको र राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पनि नरहेको उनले बताए । ‘यतिखेर म कहींको पनि रहिन । एउटा अनागरिकले के उत्तर दिने ?,’ उनले भने ।
नेपालको संविधानअनुसार विदेशी मुलुकको नागरिकता लिएपछि नेपाली नागरिकता कायम रहँदैन । विदेशी नागरिकता आफूखुसी लिएको वा नेपाली नागरिकता त्यागेको दुवै अवस्थामा नेपाली नागरिकता कायम हुँदैन । यस्तो अवस्थामा नेपाली नागरिकता पुनः प्राप्त गर्न कानुनले तोकेको प्रक्रिया पूरा गर्नैपर्छ ।
लामिछानेले यही प्रक्रिया पूरा नगरी खारेज भइसकेको नागरिकताकै आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका कारण उनको पद बदर भएको छ ।
ताजा अपडेट
-
आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
आज २९ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
साउन १ देखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने


प्रतिक्रिया