पद गुमेपछि रविले भने, ‘न्यायालयभन्दा ठूलो कोही छ र ?’
काठमाडौं । सांसद, उपप्रधान तथा गृहमन्त्रीको पद गुमेसँगै रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई आफूले पूर्ण रुपमा स्वागत गर्ने बताएका छन् । सिंहदरवार परिसरमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘सर्वोच्च अदालतभन्दा माथि कुनै निकाय छ र ? अदालतको फैसलालाई म एकदम स्वागत गर्छु ।’
अदालतको फैसलासँगै आफू अनागरिक भएको र राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पनि नरहेको उनले बताए । ‘यतिखेर म कहींको पनि रहिन । एउटा अनागरिकले के उत्तर दिने ?,’ उनले भने ।
नेपालको संविधानअनुसार विदेशी मुलुकको नागरिकता लिएपछि नेपाली नागरिकता कायम रहँदैन । विदेशी नागरिकता आफूखुसी लिएको वा नेपाली नागरिकता त्यागेको दुवै अवस्थामा नेपाली नागरिकता कायम हुँदैन । यस्तो अवस्थामा नेपाली नागरिकता पुनः प्राप्त गर्न कानुनले तोकेको प्रक्रिया पूरा गर्नैपर्छ ।
लामिछानेले यही प्रक्रिया पूरा नगरी खारेज भइसकेको नागरिकताकै आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका कारण उनको पद बदर भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया