उरुग्वेका चार खेलाडी र फुटबल संघमाथि फिफाको कारबाही
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले उरुग्वेका चार खेलाडी र त्यहाँको राष्ट्रिय फुटबल संघमाथि कारबाही गरेको छ ।
खेल अनुशासनविपरीत रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै फिफाले उरुग्वेका चार खेलाडीमाथि कारबाही गरेको हो । कतारमा सम्पन्न विश्वकप फुटबलमा घानाविरुद्ध पेनाल्टी नदिएको भन्दै उरुग्वेका चार खेलाडीले रेफ्रीमाथि दुर्व्यवहार गरेका थिए ।
कारबाहीमा परेका खेलाडीमा डिएगो गोडिन, एडिन्सन, फनाल्डो मुस्लेरा र जोसे मारिया जिमिनेज छन् । यीमध्ये मुस्लेरा र जिमिनेजलाई चार गोडिन तथा एडिन्सनलाई एक खेल खेल्न नपाउने गरी कारबाही गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, उनीहरूलाई २० हजार स्विस फ्रान्क जरिवाना पनि सुनाइएको छ ।
खेलाडीको अनुशासनलाई लिएर फिफाले उरुग्वेको फुटबल संघलाई पनि ५० हजार स्विस फ्रान्क जरिवाना गरेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया