गृह सचिवलाई किन बोलाए प्रचण्डले बालुवाटार ?
काठमाडौं । गृह सचिव विनोदप्रकाश सिंह शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार गएका छन् ।
नागरिकता विवादमा सर्वोच्च अदालतले रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीसहित सांसदलगायत पदबाट पदच्यूत गरिदिएको नयाँ सन्दर्भमा सिंह बालुवाटार पुगेका हुन् ।
बालुवाटार स्रोतले गृह मन्त्रालयका कामकारबाहीबारे ब्रिफिङका लागि सिंहले प्रधानमन्त्रीलाई भेटेको जनाएको छ ।
अदालतले लामिछानेले पदच्यूत गरिदिएपछि प्रधानमन्त्री दाहालले उनले सम्हालेको मन्त्रालयको जिम्मेवारी आफैंले राखेका छन् ।
स्रोतका अनुसार शनिबार बिहान ९ बजे त्यहाँ पुगेका सिंहले झण्डै ४५ मिनेट प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।
ताजा अपडेट
-
आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
आज २९ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
साउन १ देखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने


प्रतिक्रिया