आप्रवासी सवार डुङ्गा डुब्यो, पाँचको मृत्यु, १२ बेपत्ताा
काठमाडौं (एजेन्सी) । डुङ्गा चढेर क्युवाबाट संयुक्त राज्य अमेरिकाका लागि हिँडेका पाँच जना क्युबाली आप्रवासीको डुबेर मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् ।
गम्भीर आर्थिक सङ्कटका कारण अमेरिकातर्फ पलाउन भएका उनीहरूको डुङ्गा डुब्दा ज्यान गएको हो ।
शक्तिशाली छालमा डुङ्गा डुबेको जीवित उद्धार गरिएकाहरूलाई उद्धृत गर्दै क्युवाको आधिकारीक समाचारपत्र क्युवाडेबेटले जनाएको छ । समुद्रबाट तटरक्षकहरूले ११ जनालाई उद्धार गरेका थिए । डुङ्गामा सवार १२ जना अझै हराइरहेका छन् ।
विगत केही महिनायता फ्लोरिडाको समुद्री मार्गबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको सङ्ख्या बढेको छ । अमेरिकी तट रक्षकहरूले गत अक्टोबर १ देखि हालसम्म पाँच हजार तीन सय २१ जना क्युबालीलाई समुद्रमा रोकेका थिए भने त्यसअघिका पहिलो नौ महिनामा छ हजार एक सय ८२ जनालाई आफ्नो भूमिमा प्रवेश गर्न दिएका थिएनन् ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया