आज नेपाल आउँदै अमेरिकी उच्च पाहुना
काठमाडौं । अमेरिकाबाट एक उच्च पाहुना आइतबार नेपाल आउने भएकी छन् ।
अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला कार्यक्षेत्र रहेकी उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउन लागेकी हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतले भिक्टोरिया आइतबार नेपाल आउन लागेको पुष्टि गरेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमण दौरान उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, राजनीतिक दलका शीर्ष नेतालगायतसँग भेटवार्ता गर्ने तय छ ।
स्रोतका अनुसार, नेपालको पछिल्लो निर्वाचन, अमेरिकी सहयोगका एमसिसी परियोजना, युएसएडको परियोजना, तिब्बती शरणार्थीलगायत विषयमा छलफल गर्न उनी नेपाल आउन लागेकी हुन् ।
प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भएपछि अमेरिकाबाट हुन लागेको पहिलो उच्च भ्रमण हो । यो भ्रमणको केही समयपछि भारतीय विदेशसचिव विनयमोहन क्वात्रा पनि नेपाल आउँदैछन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया