प्रिस्टनलाई पराजित गर्दै टोटेनहम पाँचौ चरणमा
काठमाडौं । प्रिस्टनलाई पराजित गर्दै टोटेनहम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
गएराति सम्पन्न खेलमा प्रिस्टनलाई ३–० गोलान्तरले हराउँदै टोटेनहमले पाँचौं चरणको यात्रा सुनिश्चित गरेको हो ।
टोटेनहमको जितमा सन ह्युङ मिनले दुई र अर्नोट डान्जुमाले एक गोल गरे । ह्युङले ५० औं र ६९ औं तथा डान्जुमाले ८७ औं मिनेटमा गोल गरेका हुन् । डान्जुमाको यो डेब्यु खेल हो ।
उता, साउथह्याम्पटन पनि पाँचौं चरणमा प्रवेश गरेको छ ।
ब्लाकपुललाई २–१ गोल अन्तरमा हराउँदै साउथ ह्याम्पटनले पाँचौं चरणको यात्रा तय गरेको हो ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया