टोटेनहममा अनुबन्ध हुँदै पेड्रो
काठमाडौं । डिफेन्डर पेड्रो पोर्रोलाई प्रिमियर लिग क्लब टोटेनहमले अनुबन्ध गर्ने भएको छ ।
स्पेनिस डिफेन्डर पेड्रो स्पोर्टिङ लिस्बन आबद्ध छन् । टोटेनहमले उनलाई त्यहीबाट अनुबन्ध गर्न लागेको हो ।
यसका लागि टोटेनहमले अन्तिम चरणको काम गरिरहेको सञ्चारमाध्यमले लेखेका छन् । समाचारहरूमा जनाइअनुसार उनीसँग ५ वर्षको सम्झौता गर्ने तयारी गरिएको छ ।
पेड्रो म्यानचेस्टर सिटीका पूर्व खेलाडी हुन् । उनले स्पेनका लागि एक खेल खेलिसकेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया