रवि लामिछानेले पाए नेपाली नागरिकता
काठमाडौं । रवि लामिछानेले कानुन बमोजिम प्रक्रिया पुरा गरी नेपाली नागरिकता लिएका छन् । शुक्रबार सर्वोच्च अदालतले कानुन बामोजिम रविले नागरिकता प्राप्तिका लागि प्रक्रिया पुरा नगरेको निष्कर्ष निकाल्दै सांसद र उपप्रधानमन्त्री पदमा रहन नसक्ने फैसला गरेको थियो ।
सर्वोच्चको उत्प्रेरणा आदेशबाट संवैधानिक पद सबै गुमाएपछि उनले आइतरबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकता लिएका हुन् । रविले अमेरिकी नागरिकता त्यागेपनि नेपालको नागरिकता लिन प्रक्रिया पुरा नगरेकोले उनको सांसद पद खारेज गर्नुपर्ने माग दावीसहित कानुन व्यवसायीले सर्वोच्चमा रिट दायर गरेका थिए । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रवि चितवन–२ बाट अत्याधिक मतसहित निर्वाचित भएका थिए ।
११ पुसमा प्रचण्ड नेतृत्वको सरकारमा उनी उपप्रधान तथा गृहमन्त्री भएका थिए । नागरिकता लिएपछि रविले उपनिर्वाचनमा भाग लिन पाउने छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया