पाकिस्तानमा बस दुर्घटना : ४० जनाकाे मृत्यु
एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले आइतबार जानकारी दिएका छन् ।
मृतकहरू पहिचान बाहिर भएका बलुचिस्तान प्रान्तको लसबेला जिल्लाका एक वरिष्ठ अधिकारी हम्जा अन्जुमले दुर्घटनास्थलमा बताएका छन् । बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको यस बसमा ४८ जना यात्रु सवार रहेका र तीनजनालाई जीवितै उद्धार गरिएको जनाइएको छ ।
राजमार्गहरु ढिलो सुरक्षा उपायहरु र लापरवाह ड्राइभिङले पाकिस्तानमा डरलाग्दो सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । यात्रु बसहरुको क्षमता भन्दा यात्रु सवार र सिट बेल्टहरू सामान्यतया नलगाइने जस्ता कारणले गर्दा एकल सवारी दुर्घटनाबाट मृत्यु हुनेहरूको सङ्ख्या सामान्य छ ।
सन् २०१८ मा पाकिस्तानको सडक दुर्घटनामा परी २७ सय भन्दा बढी मानिसहरू मारिएका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया