भोकमरीको सूचकांकमा नेपाल ८१औँ स्थानमा, कुन मुलुकको अवस्था कस्तो छ ?

काठमाडाैं ‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई) ले सार्वजनिक गरेको विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल ८१औँ स्थानमा रहेको छ । कुल १२१ देशहरुमा गरिएको सर्वेक्षणअनुसार नेपाल उक्त स्थानमा देखिएको हो ।
सूचांकअनुसार नेपाल भोकमरीको अवस्थामा क्रमिक रूपमा सुधार हुँदै गएको छ ।
हाल नेपालको ग्लोबल हंगर सूचकांक स्कोर १९.१ रहेको छ । जुन स्कोरले नेपालमा मध्यम स्तरको भोकमरी रहेको जनाउँछ । सर्वेक्षणअनुसार सन् २००० मा नेपालमा भोममरीको अवस्था गम्भीर थियो । सन् २००७ देखि १४ सम्ममा नेपालमा भोममरीको अवस्था गम्भिर देखिएपनि सुधारन्मुख रहेको थियो ।
दक्षिण एशियाली मूलुकमध्ये नेपालको अवस्था भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानभन्दा राम्रो देखिएको छ । श्रीलंका भने नेपालभन्दा राम्रो देखिएको छ । श्रीलंका १३.६ स्कोर सहित ६४औँ स्थानमा रहेको छ ।
यस्तै भारत २९.१ अंक सहित १०७औँ स्थानमा रहेको छ । पाकिस्तान २६.१ अंक सहित ९९औँ स्थानमा र अफगानिस्तान २९.९ अंक सहित ११९औँ स्थानमा रहेको छ ।
ग्लोबल हंगर इन्डेक्स विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा भोकमरीको व्यापक मापन र ट्र्याकिङ हो। यो कुपोषण, गम्भीर शिशु कुपोषण, अवरुद्ध वृद्धि र बाल मृत्युदर समावेश गरी चार सूचकहरूद्वारा मापन गरिन्छ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया