बालेनलाई सायमीको प्रश्न : भत्काएरमात्रै समस्या समाधान हुन्छ ?
काठमाडौं । नागरिक अगुवा सुमन सायमीले काठमाडौंका मेयर बालेन शाहलाई भत्काएरमात्रै समस्या समाधान हुनेबारे प्रश्न गरेका छन् ।
आइतबार माइतीघर मण्डलामा बालेनविरूद्ध भएको प्रदर्शनमा सहभागी जनाएका सायमी उनै व्यक्ति हुन् जसले बोलनको विजय जुलुशमा बालेनसँगै काँध मिलाएका थिए । काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका उनले बालेनको विजय जुलुशमा उनीसँगै सहभागिता जनाएका थिए ।
आज माइतीघरमा बालेनकैविरूद्धमा उभिएका सायमीले बालेन पहिलाका शासकहरू भन्दा पनि क्रुर भएको आरोप लगाएका छन् । ‘पहिला त कम्तीमा पनि सूचना दिइन्थ्यो । अहिले त सूचना पनि नदिइ भत्काउने काम भएको छ,’ उनले भने, ‘जनतालाई दु:ख दिन प्रतिनिधि हुनुभएको हो ? इन्जिनियर भएर बनाउनुहुन्छ भनेको त, भत्काउनुमात्रै हुन्छ बा ! सूचना नदिइ संरचना भत्काएका कारण न्यायलय जान प्रमाण पनि छैन ।’
जनताको भावना नबुझ्ने हो भने पदमा बसिराख्न उपयुक्त नहुने उनले बताए ।
महानगरको डोजर आक्रमणका विरूद्धमा आज माइतीघर मण्डलामा सडक पिडितका केन्द्रीय अध्यक्ष सायमी, आदिवासी जनजातिका अगुवा गोविन्द छन्त्याल, फास्ट ट्र्याक पिडित संघर्षका अगुवा नेपाल डंगोल लगायतले प्रदर्शनीको अगुवाई गरेका थिए ।
ताजा अपडेट
-
आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
आज २९ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
साउन १ देखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने


प्रतिक्रिया