बालेनलाई सायमीको प्रश्न : भत्काएरमात्रै समस्या समाधान हुन्छ ?
काठमाडौं । नागरिक अगुवा सुमन सायमीले काठमाडौंका मेयर बालेन शाहलाई भत्काएरमात्रै समस्या समाधान हुनेबारे प्रश्न गरेका छन् ।
आइतबार माइतीघर मण्डलामा बालेनविरूद्ध भएको प्रदर्शनमा सहभागी जनाएका सायमी उनै व्यक्ति हुन् जसले बोलनको विजय जुलुशमा बालेनसँगै काँध मिलाएका थिए । काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका उनले बालेनको विजय जुलुशमा उनीसँगै सहभागिता जनाएका थिए ।
आज माइतीघरमा बालेनकैविरूद्धमा उभिएका सायमीले बालेन पहिलाका शासकहरू भन्दा पनि क्रुर भएको आरोप लगाएका छन् । ‘पहिला त कम्तीमा पनि सूचना दिइन्थ्यो । अहिले त सूचना पनि नदिइ भत्काउने काम भएको छ,’ उनले भने, ‘जनतालाई दु:ख दिन प्रतिनिधि हुनुभएको हो ? इन्जिनियर भएर बनाउनुहुन्छ भनेको त, भत्काउनुमात्रै हुन्छ बा ! सूचना नदिइ संरचना भत्काएका कारण न्यायलय जान प्रमाण पनि छैन ।’
जनताको भावना नबुझ्ने हो भने पदमा बसिराख्न उपयुक्त नहुने उनले बताए ।
महानगरको डोजर आक्रमणका विरूद्धमा आज माइतीघर मण्डलामा सडक पिडितका केन्द्रीय अध्यक्ष सायमी, आदिवासी जनजातिका अगुवा गोविन्द छन्त्याल, फास्ट ट्र्याक पिडित संघर्षका अगुवा नेपाल डंगोल लगायतले प्रदर्शनीको अगुवाई गरेका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया