बालेनले किन भेटे प्रचण्ड ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर सोमबार बिहान मेयर साहले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।
दुईबीच झण्डै आधा घण्टा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्ताको विषयबारे भने केही नबाइए पनि सार्वजनिक स्थान कब्जा गरेर बनाइएका अवैध संरचना हटाउन उनले प्रधानमन्त्रीसँग साथ मागेको बताइएको छ ।
बालेनले यसअघि तत्कालीन उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेसँग पनि यस्तै सहयोग मागेका थिए ।
बालेनले सार्वजनिक जग्गा कब्जा गरी बनाइएका तथा नक्सापासबिना खडा गरिएका संरचना हटाउन सुरु गरेपछि उनीविरुद्धका आवाज चर्को सुनिन थालेको छ । नयाँ आसाको सञ्चार गराएर मेयरमा विजयी भए पनि पुरानै शासकको निरंकुश शैली अपनाएको आरोप उनीमाथि छ । साथै प्रश्नबाट भागेको गुनासो पनि बढेको छ ।
आइतबार मात्रै उनीविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको थियो । यो बालेनविरुद्ध संगठित रूपमा भएको पहिलो विरोध कार्यक्रम हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया