मेलम्ची खानेपानीका कर्मचारी ६ महिनादेखि तलबबिहीन
काठमाडाैं । मेलम्ची खानेपानीका कर्मचारी ६ महिनादेखि तलब नपाएपछि रूष्ट देखिएका छन् ।
आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी खारेज गर्न उल्लेख गरेको छ । तर खारेज गर्ने भनिएपनि प्रकृया अघि बढ्न सकेको छैन ।
खारेज प्रकृया अघि बढाउन प्रधानमन्त्रीसमक्ष कर्मचारीले माग राख्दा पनि समस्या समाधान नभएको त्यहाँको कर्मचारीको गुनासो छ । समिति भैतिक रूपमै सञ्चालन भइरँदा त्यहाँका कर्मचारीले तलब नपाएका हुन् ।
लामो समयसम्म तलब नपाएपछि त्यहाँका कर्मचारीले पानी पठाउन रोक्ने दवाव दिन थालेका छन् । समितिका कार्यकारी निर्देशक कमल राज श्रेष्ठका अनुसार ६ महिनामा कर्मचारीले पाउन बाँकी तलब २ करोडभन्दा बढी नाघिसकेको छ ।
ताजा अपडेट
-
सुन्तला बेचेर म्याग्दीमा २१ करोड भित्रियो
-
पर्वतको कुश्मामा खानेपानीको अभाव, लोडसेडिङ सुरु
-
सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत
-
‘मन्दीले ऋण प्रवाह घट्यो, बैंकले साना-ठूला भनेर भेदभाव गर्दैन’(अन्तर्वार्ता)
-
सुनको मूल्य दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया