क्यान बैठक बस्दै, सन्दीप, टी–२० लिगलगायत १७ एजेण्डा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक मंगलबार बस्ने भएको छ । ७ कार्यसमिति सदस्यले राजीनामा मागेको दुई दिनपछि पोखरामा क्यान बैठक बस्न लागेको हो ।
क्यानले बैठकपूर्व नै त्यसका १७ एजेण्डा सार्वजनिक गरेको छ । जसको मूल एजेण्डाका रूपमा सन्दीप लामिछानेको निलम्बन फुकुवा पनि छ । लामिछानेमाथि एक किशोरीले जबरजस्ती करणीको उजुरी दिएपछि क्यानले अनुसन्धानमा सघाउने निर्णय गर्दै निलम्बन गरेको थियो । पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेलाई अदालतले सर्तसहित रिहा गरेपछि क्यानले पुनः राष्ट्रिय टिममा फर्काउने तयारी गरेको हो । तर मुद्दा अन्तिम किनारा नलाग्दै फुकुवाको तयारी गरिएको भन्दै क्यानको आलोचना भइरहेको छ ।
टी–२० लिग प्रतियोगिता, वार्षिक साधारणसभा, कार्यसम्पादन समिति विस्तारलगायत विषयमाथि पनि आजको बैठकमा छलफल हुनेछ ।
त्यस्तै, राष्ट्रिय महिला तथा पुरुष खेलाडीको करार अवधि थप, राष्ट्रिय टिम कप्तान र उपकप्तान मनोनयन, खाता सञ्चालन पनि बैठकका एजेण्डा छन् ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया