७ महिनामै गटुसोले छाडे भ्यालेन्सिया

काठमाडौं । स्पेनिस क्लब भ्यालेन्सियाका मुख्य प्रशिक्षक गेनारो गटुसोले पद त्याग गरेका छन् ।
गटुसो ७ महिनाअघि भ्यालेन्सियाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । २ वर्षका लागि नियुक्त उनी छोटो समयमा नै त्यहाँबाट अलग भएका हुन् ।
उनले नेतृत्व सम्हालेपछि ला लिगामा भ्यालेन्सियाले खराब प्रदर्शन गरेको छ । १८ लिग खेलमध्ये ८ मा हार व्यहोरेर १४ औं स्थानमा सीमित भएको छ । यही खराब प्रदर्शनका कारण उनले पद त्यागेका हुन् । उनले समझदारीमै भ्यालेन्सियाबाट अलग हुने निर्णय लिएको बताइएको छ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया