७ महिनामै गटुसोले छाडे भ्यालेन्सिया
काठमाडौं । स्पेनिस क्लब भ्यालेन्सियाका मुख्य प्रशिक्षक गेनारो गटुसोले पद त्याग गरेका छन् ।
गटुसो ७ महिनाअघि भ्यालेन्सियाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । २ वर्षका लागि नियुक्त उनी छोटो समयमा नै त्यहाँबाट अलग भएका हुन् ।
उनले नेतृत्व सम्हालेपछि ला लिगामा भ्यालेन्सियाले खराब प्रदर्शन गरेको छ । १८ लिग खेलमध्ये ८ मा हार व्यहोरेर १४ औं स्थानमा सीमित भएको छ । यही खराब प्रदर्शनका कारण उनले पद त्यागेका हुन् । उनले समझदारीमै भ्यालेन्सियाबाट अलग हुने निर्णय लिएको बताइएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया