NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

माया खोला हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले माघ १३ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन तथा विक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल १० लाख कित्ता सेयर निष्सकासन गरी बाँडफाँट गरिसकिएको छ । त्यस्तै दुई लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो सेयर’ बाट आवेदन दिन सकिने छ ।

कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी माइनस ’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष