NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

प्रधानमन्त्रीलाई भेट्न रवि पुगे बालुवाटार, गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका रविले पछिल्लो राजनीतिक घटनाक्रम र गृहमन्त्रालयको विषयमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सर्वोचच्च अदालत रविलाई सांसद र उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेपछि उनको यो दोस्रो भेट हो । गृहमन्त्री प्रधानमन्त्री आफैले राख्न खोजिएको समाचार बाहिरिएपछि प्रधानमन्त्रीसँग उनी असन्तुष्ट रहेका छन् । गृहमन्त्रालय नपाए सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिनेसम्मको तयारी रास्वपाले गरेको छ । यसअघि आइतबार प्रचण्डलाई भेटेर रविले गृहमन्त्रालयको जिम्मेवारी दिन दबाब दिएका थिए ।

अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्ति गर्ने प्रक्रिया उनले पूरा नगर्दा पुस १३ गते सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले पुनः नागरिकता लिएका हुन्। नागरिकता लिएपछि आइतबारै बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई सभापति चयन गरेको हो। संविधान अनुसार गैर सांसद ६ महिना मन्त्री बन्न पाउने प्रावधान रहेकाले गृहमा उनी आफै फर्किने इच्छा व्यक्त गरेका छन् ।