कर्मचारी सरुवामा नयाँ मापदण्ड, ४ वर्ष केन्द्रमा बस्नेको सरुवा स्थानीय तहमा
काठमाडौं । कर्मचारी पोस्टिङलाई वैज्ञानिक र व्यवस्थित बनाउन सरकारले सरुवाको नयाँ मापदण्ड बनाउने तयारी गरेको छ । लामो समय केन्द्रमै रहने, स्थानीय तहमा जान अरुचि देखाउनेजस्ता प्रवृत्तिले सेवाप्रवाहमा समस्या सिर्जना गरेपछि त्यसलाई अन्त्य गर्न सरकारले नयाँ प्रावधान बनाउन लागेको हो ।
संघीय मामिला तथा स्थानीय सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारी सरुवामा व्याप्त समस्या हल गर्न नयाँ मापदण्ड बनाउन लागिएको जानकारी दिए ।
मन्त्रालयले आफ्नो दरबन्दी रहेकै स्थानमा कर्मचारीलाई खटाउने गरी मापदण्ड बनाउन लागेको छ । आफूअनुकूल सरुवा हुने र सकेसम्म सुगममा रहने प्रवृत्ति कर्मचारी वृत्तमा व्याप्त छ । यही कारण देशभरका दर्जनौं स्थानीय तह निमित्तका भरमा चलेका छन् ।
केन्द्रमा अड्डा जमाएर बसेका कर्मचारीलाई तह लगाउन बाहिर जानैपर्ने नीति पनि बनाउन लागिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी बाहिर नगएका कर्मचारीको तथ्यांक उपलब्ध गराउन आफूले निर्देशन दिइसकेको बताउँछन् ।
उनका अनुसार, अब दुई वर्ष एउटै शाखामा बसेका कर्मचारीको शाखा परिवर्तन हुनेछ भने तीन वर्ष एउटै स्थानमा बसेकालाई अन्यत्र पठाइनेछ । चार वर्ष केन्द्रमा एउटै स्थानमा बसेका कर्मचारीलाई अनिवार्य स्थानीय तहमा पठाउने नीति बनाउन लागेको जानकारी पनि उनले दिए ।
कर्मचारी सरुवामा नेताहरूको अस्वाभाविक चासोले पनि समस्या सिर्जना हुँदै आएका छन् । मन्त्री मोदी सिस्टममा हुने कुरालाई सबैले स्वीकार गर्नुपर्ने बताउँछन् ।
‘सिस्टममा हुने कुरालाई सबैले मान्नुहुन्छ भन्ने लाग्छ । म गलत काम गर्दिनँ र अरुलाई पनि गर्न पनि दिन्नँ,’ उनले भने ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया