क्यानमा भाँडभैलो, कार्यवाहक सचिवले दिए राजीनामा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को विवाद उत्कर्षमा पुगेको छ । यही क्रममा क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले राजीनामा दिएका छन् ।
क्यानभित्र उत्पन्न विविध विवादबीच मल्लले जिम्मेवारीबाट अलग हुने निर्णय लिएका हुन् । नेपाल टी–ट्वान्टी लिगको गर्भनिङ काउन्सिलका अध्यक्षसमेत रहेका मल्लले मंगलबार पोखरामा बसेको बोर्ड बैठकमा राजीनामा दिएको स्रोतले जनाएको छ ।
मल्लले यो जिम्मेवारी गत वर्ष मात्र पाएका थिए । त्यसअघि सचिवको जिम्मेवारी अशोकनाथ प्याकुरेलले सम्हालेकोमा उनले राजीनामा दिएका थिए ।
मंगलबार पोखरामा सम्पन्न क्यानको बोर्ड बैठकले क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने निर्णयसमेत गरेको छ । एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको जाहेरी प्रहरीमा दिएपछि निलम्बन गरेको क्यानले अदालतबाट धरौटीमा रिहा गर्ने आदेश दिएसँगै यस्तो कदम चालेको हो । मुद्दा अन्तिम किनारा नलाग्दै निलम्बन फुकुवा गरिएको भन्दै यतिबेला क्यानको आलोचना भइरहेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
-
सरकार र आन्दोलनरत चिकित्सक प्रतिनिधिबीच वार्ता जारी
-
ट्रम्पले फेरि लिए युटर्न, युक्रेनलाई थप हतियार दिने गरे घोषणा
-
भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन सिन्धुपाल्चोक प्रशासनको आग्रह
प्रतिक्रिया