NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला पाँच सयले बढेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार आठ सय तोकिएको सुनको मूल्य बुधबार एक लाख ६ हजार तीन सय रूपैयामा कारोबार भइरहेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार ८ सय छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा ५ रूपैयाँ बढेर प्रतितोला एक हजार तीन सय ७० कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष