माओवादी केन्द्रको आज बस्ने भनिएको बैठक स्थगित
काठमाडौं । माओवादी केन्द्रको बुधबार बस्ने भनिएको पदाधिकारी र स्थायी समिति बैठक स्थगित भएको छ। पार्टी एकता नेताहरूको कार्यविभाजनलगायत विषयमा निर्णय लिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ बजे बैठक बोलाएका थिए ।
दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा भाग लिनुपर्ने भएकाले बैठक स्थतिग गरिएको उपमहासचिव गणेश साहले जानकारी दिए । पार्टी एकता र केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बोलाईको बैठक १२ देखि जारी छ ।
स्थायी कमिटि बैठक भोलि ११ बजे पार्टी कार्यालय पेरिशडाँडामा बस्ने साहले जानकारी दिए । यसअघिको बैठकमा सर्वोच्चका फैसलापछि सत्ता साझेदार दलहरूबीच देखिएको असमझदारीबारे छलफल भएको थियो ।
अदालतको फैसलाबाट गृहमन्त्री रवि लामिछाने पदमुक्त भएपछि सो मन्त्रालय माओवादीले नै राख्नुपर्ने दबाब नेताहरूले प्रधानमन्त्रीलाई दिएका छन् ।
गृह आफूले पाउनुपर्ने भन्दै प्रधानमन्त्री र सत्ता साझेदार दलका नेताहरूलाई भेटेर दबाब दिइरहेका छन् । माओवादी स्थायी समिति बैठकले पार्टी एकता, संगठन बिस्तार र नेताहरुको कार्यविभाजनबारे निर्णय लिने साहले बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया