भारतमा आगलागीबाट १४ जनाको मृत्यु
एजेन्सी । भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।
समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएका छन् ।
जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन् । पूर्वी झारखण्डको दानबादमा भएको सो आगलागीमा परेर दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् ।
आगलागी के कति कारणले भएको हो भन्ने बारेमा अुनसन्धान सुरु भएको प्रहरीले जनाएको छ । आगो लागेको क्षेत्रमा सो घरका व्यक्ति च्यापिएर रहेका छन् कि भनेर खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया