NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा के होला ?

काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल ८ रुपैयाँ एक पैसा र डिजल ७ रुपैयाँ ९८ पैसा बढेर आएको हो ।

त्यस्तै मट्टितेल ४ रूपैयाँ ६१ पैसा र हवाइ इन्धन ७ रूपैयाँ ८० पैसा बढेर पठाएको छ ।

यसपटक मूल्य बढेर आएको  हुँदा निगमले इन्धनको मूल्य बढाउने सम्भावना धेरै छ । किनकि निगमले अहिले पनि घाटा व्योहोर्दै आएको बताउँदै आएका छन् । मूल्य घट्ने या बढ्नेबारेमा भने निमगले केही बोलेको छैन ।

निगमका अुनसार मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा निगमलाइ ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ ।

ताजा अपडेट

नेपालवाच विशेष