क्यानले टुंग्यायो क्रिकेटरको वर्गीकरण, को कुन ग्रेडमा ?

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले राष्ट्रिय क्रिकेटरको नयाँ वर्गीकरण टुंगो लगाएको छ ।
मंगलबार बसेको क्यानको बोर्ड बैठकले यसको टुंगो लगाएको हो ।
नयाँ वर्गीकरणनुसार पुरूषतर्फ ‘ए’ ग्रेडमा पर्ने क्रिकेटरमा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख रहेका छन् ।
‘बी’ ग्रेडमा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल परेका छन् ।
त्यस्तै ग्रेड ‘सी’ मा कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्शनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव रहेका छन् ।
महिलातर्फ रुविना क्षेत्री, सीता राना मगर र इन्दु बमाएलाई ‘ए’ ग्रेडमा वर्गीकरण गरिएको छ । ‘बी’ ग्रेडमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य परेका छन् । त्यस्तै ग्रेस ‘सी’ मा सविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम परेका छन् ।
पुरूषतर्फ ‘ए’ ग्रेडमा परेका क्रिकेटरले मासिक रूपमा ६० हजार, ‘बी’मा रहेकाले ५० र ‘सी’ मा हुनेले ४० हजार रूपैयाँ पाउँछन् ।
महिलातर्फ ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा रहनेले क्रमशः २१, १८ र १५ हजार रूपैयाँ पाउँदै आएका छन् ।
क्यानले यसपटक २०२३ को जनावरीदेखि जुन महिनासम्मका लागि १८ पुरूष र १२ जना महिला खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको छ ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया