NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सुडानमा रहेका शरणार्थीका लागि सहयोग माग

एजेन्सी । सुडानमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले सहयोग माग गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले विश्वका विभिन्न दाता तथा देशहरुसँग पनि सो सहयोगका लागि आग्रह गरेको हो । सुडानमा शरणार्थीहरुको संख्या बढ्दै गएकाले उनीहरुलाई अत्यावश्यकीय सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले विगतदेखि नै यस्तो सहयोगका लागि आग्रह गर्दै आएको थियो ।

मङ्गलबार सो आयोगले विभिन्न ४१ वटा सङ्घसस्था तथा देशहरुलाई सुडानका शरणार्थीका लागि सहयोगको आग्रह गरेको हो । हाल सुडानमा कम्तीमा पनि नौ लाख शरणार्थी रहेका र उनीहरुका लागि आवश्यक खाद्यान्न एवं अन्य सहयोग आवश्यक परेको बताइएको छ ।

उक्त आयुक्तको कार्यालयले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरी सन् २०२३ का लागि आवश्यक आर्थिक सहयोग गर्न विश्वका विभिन्न देशलाई आग्रह गरेको हो । सुडान अफ्रिकी देशमा शरणार्थीहरुलाई शरण दिइरहेको दोस्रो ठूलो मुलुक हो । त्यहाँ अहिले पनि नौ लाख भन्दा बढी शरणार्थी रहेका छन् ।