राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदै
काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै सातादेखि सुरु हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगिता यही माघ २१ देखि २४ गतेसम्म हुने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ । यसमा साबिक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ र एभरेष्ट भलिबल क्लब छन् ।
नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी ‘लिगकम नकआउट’का आधारमा खेल सञ्चालन गरिनेछ । प्रतियोगिताको विजेताले तीन लाख पुरस्कार पाउनेछन् भने उपविजेताले एक लाख ५० हजार पाउनेछ्न । त्यस्तै तेस्रो हुने टोलीलाई ७५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया