राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदै

काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै सातादेखि सुरु हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगिता यही माघ २१ देखि २४ गतेसम्म हुने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ । यसमा साबिक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ र एभरेष्ट भलिबल क्लब छन् ।
नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी ‘लिगकम नकआउट’का आधारमा खेल सञ्चालन गरिनेछ । प्रतियोगिताको विजेताले तीन लाख पुरस्कार पाउनेछन् भने उपविजेताले एक लाख ५० हजार पाउनेछ्न । त्यस्तै तेस्रो हुने टोलीलाई ७५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
ताजा अपडेट
-
भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित नियन्त्रणमा
-
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली
-
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेकाे छुट
-
हिमालयले आज जलवायुको सबैभन्दा ठूलो भार बोकेकाे छ : परराष्ट्रमन्त्री
-
संसदीय समितिबाट निजामती विधेयक पास, २ वर्ष कुलिङ पिरियड, उमेर हद ६० वर्ष
प्रतिक्रिया