इजिप्टको अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु, ३२ घाइते
म्याग्दी । इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु करिब ३२ जना घाइते भएका छन् ।
बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको र त्यसमा परी तीन जनाको ज्यान जानुका साथै अरु ३२ जना घाइते भएका इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो । आगो सल्किएपछि त्यहाँ रहेका ठूलो संख्याका मानिसहरु निसास्सिएका थिए भने अरु केही घाइते भइ अस्पताल पुर्याइएको थियो ।
आगलागीको कारणका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया