NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

साग पकाउने र खाने सही तरिका

एजेन्सी । साग पौष्टिक तत्वले भरिपूर्ण सब्जी हो । यसमा फाइबर, भिटामिन, आइरन, फोलिक एसिड, क्याल्सियम, पोटासियम, फस्फोरस र म्याग्नेसियम जस्ता खनिजहरू प्रशस्त मात्रामा पाइने भएकाले सागलाई पोषक तत्वको पावरहाउससमेत भनिन्छ ।

हरियो सागमा भिटामिन बी ६, भिटामिन बी १२, र आइरन पाइन्छ जुन हाम्रो शरीरमा न्यूरोट्रान्समिटरको निर्माण र प्रशोधनमा महत्त्वपूर्ण छ।  सागले विभिन्न रोगसँग लड्नसमेत मद्त गर्छ । यसले क्यान्सरको जोखिम कम गर्छ भने मुटु रोग लाग्नबाट पनि बचाउँछ ।

त्यसै गरी, सागले मृगौला पनि स्वस्थ राख्छ । शरीरमा उत्पन्न हुने विषाक्त पदार्थलाई बाहिर निकाल्छ, कब्जियत हुने व्यक्तिले सागसब्जी खाँदा यसले पेटमा समस्या हुन दिदैँन भने पेट सफा राख्छ । मधुमेह रोगीहरूको लागि भने मेथीको साग रामबाण मानिन्छ । यसमा क्याल्सियम, सेलेनियम, म्यांगनीज, म्याग्नेसियम, भिटामिन ए र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ। जुन मेधुमेहका बिरामीलाई उपयुक्त मानिन्छ ।

सागले शरीर र मस्तिष्क दुवैलाई फाइदा गर्छ । अपच, छालासम्बन्धी समस्या र अन्य मौसमी रोगका लागि पनि लाभदायिक हुन्छ साग ।

साग पकाउने सहि तरिका 

जब तपाइँ साग किन्नुहुन्छ, पहिले यसको जरा काट्नुहोस्। यसपछि सागलाई ४–५ पटक पानीमा राम्ररी धुनुहोस् र केही बेर पानीमै छोड्दिनुहोस् । र यसलाइ काट्नुहोस्। साग काटिसकेपछि कहिल्यै धुनुहुँदैन् । यसो गर्नाले सागमा पाइने पोषक तत्व पानीसँगै बाहिर निस्कन्छ ।

साग कसरी खाने
सागलाइ अन्य सब्जी जस्तै भुटेर खाइन्छ । तर यसलाई भुटेर भन्दा पनि बफाएर खाँदा बढी फाइदा मिल्छ । यसले सागमा भएकाे पोषक तत्वहरू खेर जाँदैन् । यसले आँखाको समस्यामाबाट पनि छुटकारा दिन्छ। साग मात्र नभइ अन्य तरकारी पनि तेलमा तारेर भन्दा स्टिम गरेर नै खाँदा यसले स्वास्थ्य स्वस्थ राख्छ । जसले तरकारीकाे पौष्टिक तत्व जाँदैन् ।