कैलालीका सांसद चौधरी जेल चलान
काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचित सांसद अरूणकुमार चौधरी जेल चलान भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट सांसद निर्वाचित उनी एक दश भन्दा पुरानो मुद्दामा आज जेल चलान भएका हुन् ।
मान्छे कुटेर ट्राक्टरमा आगो लगाएको आरोपमा कैलाली जिल्ला अदालतले दोषी करार गरेपनि उनी सजाय भुक्तान नगरी फरार थिए । उनलाई तत्काल पक्राउको लागि गृह मन्त्रालयमा उजुरी परेपछि बिहीबार बाँकेबाट उनी पक्राउ परेका थिए ।
चौधरीलाई आज जिल्ला अदालत कैलालीमा पेश गरिएको थियो । १३ वर्ष पछि अदालतको सम्पर्कमा आएका उनलाई आजै कागागार पठाइएको हो ।
उनलाई अदालतले ६ महिना कैदसहित ८ लाख १९ हजार २३ रूपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
२०६६ भदौ ३ मा कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा चौधरीसिहतको टोलीले चालक साजन चौधरीलाई कुटेर आगो लगाएको थियो ।
उक्त घटना पछि ट्याक्टरधनी महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनीहरूविरूद्ध किटानी जाहेरी दिँदै उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया