कैलालीका सांसद चौधरी जेल चलान
काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचित सांसद अरूणकुमार चौधरी जेल चलान भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट सांसद निर्वाचित उनी एक दश भन्दा पुरानो मुद्दामा आज जेल चलान भएका हुन् ।
मान्छे कुटेर ट्राक्टरमा आगो लगाएको आरोपमा कैलाली जिल्ला अदालतले दोषी करार गरेपनि उनी सजाय भुक्तान नगरी फरार थिए । उनलाई तत्काल पक्राउको लागि गृह मन्त्रालयमा उजुरी परेपछि बिहीबार बाँकेबाट उनी पक्राउ परेका थिए ।
चौधरीलाई आज जिल्ला अदालत कैलालीमा पेश गरिएको थियो । १३ वर्ष पछि अदालतको सम्पर्कमा आएका उनलाई आजै कागागार पठाइएको हो ।
उनलाई अदालतले ६ महिना कैदसहित ८ लाख १९ हजार २३ रूपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
२०६६ भदौ ३ मा कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा चौधरीसिहतको टोलीले चालक साजन चौधरीलाई कुटेर आगो लगाएको थियो ।
उक्त घटना पछि ट्याक्टरधनी महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनीहरूविरूद्ध किटानी जाहेरी दिँदै उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया