परीक्षा हलमा केटीकेटी देखेपछि केटा बेहोस !

झट्ट पढ्दा यो शीर्षक उत्ति पत्यारिलो लाग्दैन, हँसीमजाक र ठट्टा गरेझै प्रतीत हुन्छ । तर छिमेकी देश भारतमा ५०० केटी (छात्रा) सहभागी परीक्षामा सामेल एक मात्र केटा (छात्र) अत्तालिएर बेहोस भई ढलेको खबर प्रकाशमा आएको छ । बेहोस भएर ढलेका उनलाई बौराउन अस्पताल नै लैजानु परेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।
इन्टर मिडियट तहको परीक्षा दिने क्रममा भारतको नालन्दामा मनिष शंकर नाम गरेका १७ वर्षीय किशोर केटीकेटी देखेर अत्तालिएर बेहोस भई ढलेका हुन् । नालन्दा बिहारको ३८ जिल्लामध्ये एक हो ।
अल्लामा इकबाल कलेजमा अध्ययनरत शंकरको परीक्षा केन्द्र नालन्दाको ब्रिलियन्ट कन्भेन्ट स्कुल, सुन्दर गढमा पारिएको थियो । परीक्षाको पहिलो दिन उनी निर्धारित समयमा नै परीक्षा दिन गएका । विषय थियो, गणित । परीक्षा हलमा ५०० केटी रहे पनि केटा भने मनिष मात्र थिए । भारतीय सञ्चारमाध्यमका अनुसार, परीक्षा हलको सिटमा बसेलगत्तै मनिष भने बेहोस भएर ढलेका थिए । मनिषका काकाले परीक्षा हलमा केटीकेटी देखेपछि आफ्नो भतिजो कहालिएर बेहोस हुन पुगेको बताएका छन् ।
परीक्षार्थी बेहोस भएर ढलेपछि त्यहाँ सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीले अस्पताल पुर्याएका थिए । जहाँ प्राथमिक उपचारपछि उनी सामान्य अवस्थामा फर्किए ।
समाचारहरूमा जनाइएअनुसार यो परीक्षाका लागि छात्र र छात्राको परीक्षा केन्द्र अलग–अलग तय गरिएको थियो । नालन्दामा अन्तर परीक्षाका लागि ४१ परीक्षा केन्द्र तोकिएको छ । बिहार शरीफमा ३२, राजगीरमा ४ र हिल्सामा ५ वटा परीक्षा केन्द्रमध्ये छात्राका लागि १८ र छात्रका लागि २३ स्थापना गरिएका छन् । छात्राका लागि बिहार शरीफमा ९, राजगीरमा ४ र हिल्सामा ५ परीक्षा केन्द्र तोकिएको छ । ती छात्राका लागि बनाइएको विशेष परीक्षा केन्द्रमा यो केन्द्र समावेश छ । खासमा मनिषको केन्द्र छात्रका लागि तय गरिएकोमा पर्नुपर्ने थियो । तर बिहार विद्यालय परीक्षा बोर्डको त्रुटिले छात्रा भए ठाउँमा पर्न गएको जनाइएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया