NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सन्दीपविरुद्धको मुद्दाको सबै कागजात झिकाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं ।  एक किशोरीमाथि बलात्कारको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेको रिहाइविरुद्ध परेको पुनरावेदनमा कैफियत प्रतिवेदन जुटाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश हरि फुयाँलको इजलासमा शुक्रबार परेको मुद्दाका लागि कैफियत प्रतिवेदन माग गरिएको हो । जसमा मूल मुद्दाको जाहेरीदेखि उच्च अदालतले दिएको आदेशसम्मको सबै कागजात पर्दछ।

यसअअघि बलात्कार आरोपमा कारागार चलान भएका सन्दीपलाई पुर्पक्षको लागि धरौटीमा छोड्न उच्च अदालत, पाटनले आदेश दिएको थियो। उच्च अदालत, पाटनले आदेश त्यसपछि उनी २० लाख धरौटीमा थुनामुक्त भएका थिए।

उनी थुनामुक्त भएको केही समयपछि अर्थात मंगलबार उनको रिहाइविरूदध महान्यायाधिवक्ता कार्यालयले धरौटीमा छोड्ने आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको थियो । उक्त पुनरावेदनमाथि आज पहिलो सुनुवाइ हुँदैछ ।

नेपाल क्रिकेट सङ्घले सन्दीपलाई आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एक दिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा समावेश गरिसकेको छ ।