दुई दिनदेखि मालपोतमा लेखापढी बन्द
महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयमा दुई दिनदेखि लेखापढी कानुन व्यवसायी (लेखनदास) ले लेखापढी बन्द गरेका छन् । लेखापढी कानुन व्यवसायीले मालपोतमा सेवाग्राहीलाई आवश्यक पर्ने राजीनामा, जग्गापास, नामसारी, अंशबन्डा, रोक्का, रोक्का फुकुवा लगायतका सबै लेखपढ गर्नुपर्ने कागजी कामकाज ठप्प छन् ।
जिल्ला प्रहरी कार्यालयले मालपोत कार्यालयबाट पाँचजना बिचौलियालाई पक्राउ गरेपछि मालपोतमा काम गर्ने लेखापढी व्यवसायीले पक्राउ परेका पनि लेखनदास रहेको भन्दै उनीहरुलाई निसर्त छाड्नुपर्ने माग गर्दै आन्दोलन गरेका छन् ।
प्रहरीले मालपोत कार्यालयबाट पक्राउ गरेका पाँच जनामाथि शान्तिविरुद्धको अपराधमा सात दिनको म्याद थप गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीले बताए ।
बुधबार मालपोत कार्यालयको प्राङ्गणमा सेवाग्राहीलाई हाकिम, कर्मचारीसँग आफ्नो सेटिङ रहेको र आफूले छिटोछरितो काम गराइदिने भन्दै प्रलोभन देखाउँदै पैसाको मोलमोलाइ गरिरहेको अवस्थामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको थियो ।
मालपोतका सेवा बन्द हुँदा सेवाग्राही निकै समस्यामा परेका छन् । मालपोतबाट हुने कामकाज हुन नपाउँदा सेवाग्राहीलाई निकै सास्ती भइरहेको छ । सेवाग्राको जग्गा खरिदबिक्री, जग्गा पास, नामसारी, राजीनामा, रोक्का, रोक्का फुकुवा लगायतका कामकाज हुन नपाउँदा सेवाग्राहीका कामकाज प्रभावित बनेका छन् ।
मालपोत कार्यालयका कर्मचारीले आफूहरुले कार्यालय बन्द नगरेको र सेवाग्राहीको काम गर्न तयार रहेको बताएका छन् । कार्यालयमा आवश्यक पर्ने कागजी प्रक्रिया पूरा गर्न लेखनदास नै चाहिने र लेखनदास आन्दोलनमा रहेका कारण सेवाग्राहीको कामकाज हुन नसकेको मालपोतका नायब सुब्बा सुशील ठाकुरले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया