NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

शरीरलाई किन चाहिन्छ भिटामिन ‘सी’ ?

एजेन्सी । भिटामिन ‘सी’ शरीरकाे प्रतिरक्षा प्रणाली बढाउन र शरीरलाई संक्रमणबाट बचाउनको लागि महत्त्वपूर्ण छ। भिटामिन ‘सी’ मानव शरीरका लागि मुख्य एन्टी अक्सिडेन्ट हो ।

यसमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई डिटोक्सिफिकेसन गर्छ र हानिकारक पदार्थहरूलाई हटाउँछ। यसले हड्डी बलियो बनाउँछ तथा आँखाको ज्योति पनि बढाउँछ । सामान्यतया भिटामिन ‘सी’ ले रोगसँग लड्ने सेता रक्तकोष (डब्लुबिसी) को निर्माणमा सघाउ पु-याउँछ । योसँगै श्वास–प्रश्वासको संक्रमण र अन्य भाइरसविरुद्ध एन्टिभाइरलका रूपमा काम गर्छ ।

छालालाई स्वस्थ राख्न भिटामिन ‘सी’ आवश्यक छ। भिटामिन सी सप्लिमेन्टका रूपमा भन्दा पनि दैनिक खानपानमा समावेश गर्दा उपयुक्त हुन्छ । कागती, हरियो खुर्सानी, हरिया मौसमी फलफूल, सागपातजस्ता खानेकुरामा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ ।

शरीरमा यसकाे कमी हुँदा गिजा सुन्निने र गिजाबाट रगत बग्ने हुन्छ । यसै गरी, यसकाे कमीले दाँत कमजोर पनि बनाउँछ । छालामा दागहरू देखापर्दछन् भने थकान, कमजोरी र जोर्नी दुख्ने समस्या पनि देखिने गर्छ । भिटामिन ‘सी’ काे कमी भएमा कपाल झर्ने र नङ कमजोरसमेत हुन्छ ।