रास्वपा बैठक बस्दै, सरकारबारे निर्णय हुने
काठमाडौं । सरकारमा रहेको सहभागितालाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा निर्णय लिन रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक अहिले बिहान ११ बजे बस्ने भएको छ ।
नागरिकता विवादमा रवि लामिछानेले गृह मन्त्रालय गुमाएपछि सो मन्त्रालय आफूले नै पाउनुपर्ने रास्वपाको मागमा प्रधानमन्त्री मन्जुर नभएपछि रास्वपाले प्रधानमन्त्रीलाई यसबारे पुनर्विचार गर्न दुईदिने अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटमको म्याद सकिएलगत्तै शनिबार बसेको बैठक बिना निर्णय टुंगिएपछि आज पुनः बस्न लागेको हो ।
रास्वपाका एक नेताले सरकारमा रहने या नरहने भन्नेबारे आजको बैठकबाट ठोस निर्णय हुने जानकारी दिए ।
रास्वपामा गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिनुपर्ने तथा यसकै कारण सरकार छाडिहाल्न नहुने दुई थरी मत छ । रवि लामिछानेको तर्क सत्तासाझेदार दलबीचको पूर्वसहमति कार्यान्वयन नभएकाले बाहिरिनु पर्ने रहेको छ भने यही कारण सरकार छाड्दा पदलोलुपको आरोप लाग्ने भएकाले संयमित हुनुपर्ने अर्को पक्षको भनाइ छ ।
पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेको विषय प्रकाशमा आएको छ । यसले रास्वपालाई सरकारबाट बाहिरिने अनुमान गरिए पनि रास्वपाको आधिकारिक धारणा आउन बाँकी छ ।
ताजा अपडेट
-
धादिङको रुबीभ्यालीमा कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
-
आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
आज २९ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
साउन १ देखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न


प्रतिक्रिया