NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २० गते

रवि लामिछानेको धम्कीपूर्ण स्टाटस : पत्रकार सम्मेलनमा सिधा कुरा चलाउने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा धम्कीपूर्ण स्टाटस राख्दै विशेष पत्रकार सम्मेलनमा सिधा कुरा चलाउने बताएका छन् ।

आइतबार विहान पार्टीको बैठक बस्नुपूर्व लामिछानेले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै दिउँसाेकाे पत्रकार सम्मेलन विश्वभरबाट हेर्न र सुन्न आग्रहसमेत गरेका छन् ।

उनले सरकारमा सहभागिताबारे बैठकले ठोस निर्णय गर्ने जानकारी दिएका छन् ।

यस्तो छ उनको स्टाटस :

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै  पार्टी कार्यालय बाट आज  म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन  हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ ।’

ताजा अपडेट

नेपालवाच विशेष