NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको फिनपोसमा ‘नेपाल पे टिएपी’ र ‘नेपाल पे क्युआर’ गर्न सकिने

काठमाडौं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिनपोस (finPOS) बाट नेपाल पे टिएपी NEPALPAY TAP  र नेपाल पे क्युआर सेवाको थालनी गरेको छ ।

ग्राहकहरूले अब मर्चेन्ट प्वाइन्टहरुको finPOS डिभाइसहरूमा आफ्नो NFC उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । अब इन्टरनेट बिना पनि ग्राहकले NEPALPAY TAP  मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी Dynamic NEPALPAY QR लाई पनि NIMB ले आफ्नो finPOS मा सुचारु गरेको छ । उक्त finPOS मा उपलब्ध QR भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा connectIPS प्रयोग गर्न सकिन्छ ।

NEPALPAY TAP, ‘NFC’ प्रविधिमा आधारित छ जसले दुईवटा डिभाइसहरु बीचको निकटताको आधारमा सुरक्षित भुक्तानी कारोबार गर्दछ । यो P2P / P2M भुक्तानीहरूको लागि contactless भुक्तानीको माध्यम हो । ग्राहकलाई NFC सम्बन्धी भुक्तानीको लागि आफ्नो फोनमा इन्टरनेटको आवश्यकता पर्दैन ।

यससँगै अब ग्राहकले POS बाट भुक्तानी गर्दा कार्डको प्रयोग बिना नै आफ्नो फोन finPOS मा ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । हाल यो सेवा connectIPS मोबाइल एपमार्फत उपलब्ध रहेको छ । यो सुविधा प्रयोग गर्न भुक्तानीकर्ताको मोबाइलमा NFC enable भएको हुनुपर्दछ । हाल NEPALPAY TAP को कारोबार सीमा प्रति कारोबार रु ५,००० सम्म रहेको छ र यसलाई ग्राहक आफैंले पनि निर्धारण गर्न सक्दछन् ।

सिटीटेकले विभिन्न बैंकका लागि ’all in one machine’ को रूपमा finPOS उपलब्ध गराउँदै आएको छ । मर्चेन्टहरुका लागि पनि सुरक्षित र सहज हुनुका साथै एकै उपकरण मार्फत विभिन्न भुक्तानी माध्यमबाट भएका कारोबारहरुको जानकारी सजिलै प्राप्त गर्न सकिन्छ NEPALPAY TAP र NEPALPAY QR सेवा थपिएपछि बैंकले आफ्ना मर्चेन्टहरूलाई भुक्तानी प्राप्त गर्न थप विकल्प प्रदान गरेको छ

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक हाल डिजिटल भुक्तानीलाई थप प्रबद्र्घन गर्न निकै सकृय रुपमा लागिरहेको अग्रणी बैंक हो भने बैंकले आफ्ना धेरै जसो सेवाहरु डिजिटल माध्यमबाट नै प्रदान गर्दै आएको छ । बैंकको देशभरी ९ लाख मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, ७ लाख कार्ड प्रयोगकर्ता, ४,००० भन्दा बढी एइक् तथा २७८ वटा POS रहेका छन् ।