वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपिओ खुला
काठमाडाैं । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले आजदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण शेयर बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा नौ हजार सात सय कित्ता साधारण शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । निष्काशित शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी फागुन ८ गतेसम्म अधिकतम एक हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खदिरको आवेदन दिन सकिन्छ
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवद्र्धक मेगा क्यापिटल मार्केटस् लिमिटेड रहेको छ भने कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आईआर बिबी माइनस्’ प्रमाणपत्र प्रदान गरेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया