NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

बालुवाटारमा रविको त्यो अन्तिम आग्रह, प्रधानमन्त्रीले नमानेपछि…

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको संयुक्त बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

सरकार छाड्ने/नछाड्नेबारे आइतबार निर्णाय बैठक बलाएका उनले त्यसअघि प्रधानमन्त्रीलाई भेट्न बिहान बालुवाटार गएका हुन् । सरकार गठनअघि सत्ता साझेदार दलहरूबीच भएको सहमति पालना नभए सरकार छाड्ने धम्की दिँदै आएका उनले तेस्रो पटक प्रधानमन्त्रीलाई भेटे ।

सहमति पालना गराउन प्रधानमन्त्री प्रचण्डलाई दिएको थप दुई दिनको अल्टिमेटम शनिबार सकिएपछि राति अबेर रास्वपाको बैठक बोलाए ।बैठक बिनानिष्कर्ष सकिएपछि आइतबार बिहान ११ः ३० सम्म बैठक स्थगित भएको थियो । तर बैठक बस्नुअघि उनले प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगरे आफ्नो अडान कायमै राखेको प्रधानमन्त्रीका सचिवालयका एक सदस्यले बताएका छन् ।

प्रधानमन्त्रीले गृहको विकल्पमा भौतिक पूर्वाधार मन्त्रालय लिन सुझाव दिएपनि उनले नमानेको ती सदस्यले बताए । रविले गृहमन्त्रालय आफूले पाउनुपर्ने अडान दोहोर्याएपछि जवाफमा प्रधानमन्त्री प्रचण्डले उनीमाथिको सम्भावित मुद्दाबारे अवगत गराउँदै गृहमन्त्र बनाउन नसक्ने जवाफ दिएको बुझिएको छ ।

गृहको विकल्पमा प्रधानमन्त्रीले भैतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपनि रविले नमानेको ती सदस्यले भने । प्रधानमन्त्रबाट सकारात्मक जवाफ नआएपछि रिसाएर बाहिरिएका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार सम्मेलनबाटै सिधा प्रश्न गर्ने चेतावनीपूर्ण स्टाटस राख्दै पार्टीको बैठकमा सहभागी भएका हुन् ।