NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

सत्ताबाट बाहिरिएपछि रविको आक्रोस : मिडियाले चौतर्फी घेराबन्दी गरे, त्यसको हिसाबकिताब हुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिएपछि मिडियाका सम्पादकमाथि खनिएका छन् ।

आइतबार केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय लिए लगत्तै पत्रकार सम्मेलन गरेका उनले मिडियामाथि निकै आक्रोस पोखे ।

आफूले गृहमन्त्री सम्हाले लगत्तै ‘कन्फ्लिट अफ इन्ट्रेस’ रमाउनलेहरूले चौतर्फी घेराबन्दी गरेको आरोप उनले आरोप लगाए । सम्मेलनमा उनले मिडिया र सम्पादको नामै किटेर तीनहरूको एक एक बदला लिने चेतावनी दिए ।

‘मन्त्री भए लगत्तै मलाई सिध्याउन ठूल्ठूला मिडियाहरू मेरा विरुद्ध लागे । मैले गरेको सानो कानुनी त्रुटिलाई ठूलै अपराध गरेजस्तो व्यवहार देखाए । यसको पछाडि स्वार्थ प्रेरितले काम गरेको छ । म गृहमन्त्रालयमा आएभने आफ्नो अपराध बाहिरिन्छ भन्ने डरले चौतर्फी घेराबन्दी गरे । तपाईंहरूले गृह नपाएर आक्रोस पोख्यो भन्नुहोला । जे सोच्नुहुन्छ सोच्नुस । अब म यीनिहरूका एक एक कर्तुत बाहिर ल्याउँछु’, उनले भने ।

पत्रकार सम्मेलनमा उनले सर्वोच्चका फैसलाप्रति पनि तिब्र असन्तुष्टि जनाए । देशमा भएका ठूल्ठूला भ्रष्टाचार वर्षौं नहेरेका न्यायाधीशले आफ्नो मुद्दामा स्वार्थ प्रेरित भएर हतारमा फैसला गरेको आरोप लगाए ।