NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

२१ अर्बको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक

काठमाडौं । केन्द्रीय बैंकलले सोमबार २१ अर्ब १०० करोड रुपैयाँको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र  एक वर्ष अवधिको लागि ट्रेजरी जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले २८ दिन अविधको लागि २ अर्ब ट्रेजरी जारी गर्न लागेको छ । त्यस्तै ९१ दिन अवधिको ७ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको ७ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल २१ अर्ब १०० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी फागुन २३ गते परिपक्व हुनेछ । त्यसैगरी ९१ दिन अवधिको ट्रेजरी २०८० बैशाख २६ गते, १८२ दिन अवधिको ट्रेजरी २०८० साउन २३ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० माघ २३ गते परिपक्व हुनेछ ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।