रविमाथि भीम रावलको टिप्पणी : लामिछानेको जाँच गरौं

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वउपप्रधान तथा गृहमन्त्री डा. भीम रावलले रास्वपाका सभापति रवि लामिछानेको जाँच गर्नुपर्ने टिप्पणी गरेका छन् ।
आइतबार सरकारबाट बाहिरिएपछि पत्रकार सम्मेलन गरी मिडियामाथि वीषबमन गरेका लामिछानेले आलोचना, सत्यतथ्य औंल्याउने र आलोचना गर्ने लोकतान्त्रिक मान्यता भएको उनको जिकिर गरेका छन् । राजनीतिक सिद्धान्त, मुल्य र मान्यतामा विश्वास गर्नेले गालीगलौचमा भन्दै यस कसिमा लामिछानेको जाँच गर्नुपर्ने सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् ।
‘राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश–जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ।आलोचना सुन्छ। सत्य तथ्य अौंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ। गालीगलौजमा उत्रिन्न। यस कसीमा रवि लामिछानेको जाँच गरौं’, उनले लेखेका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया