NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नागरिकता विधेयक संसदमा लैजान दलहरूबीच सहमति

काठमाडौं । नागरिकता, संक्रमणकालीन न्याय, विकास तथा सुशासनसँग सम्बन्धित विधेयक संसद्‌मा लैजानबारे दलहरूबीच सहमति भएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान बालुवाटारमा बोलाएको बसेको दलका प्रमुख नेता र प्रमुख सचेतकसँगको छलफलमा विधेयक अगाडि बढाउनेबारे सहमति भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

संसदको काम कारवाही व्यवस्थित गर्ने, बिजनेस विधेयक अगाडि बढाउने सम्बन्धमा प्रधानमन्त्रीज्यूले सबै दलका नेता तथा प्रमुख सचेतकसँग छलफल गर्नुभयो’, उनले भने, ‘छलफलमा नागरिकता, संक्रमणकालीन न्याय, विकास तथा सुशासनसँग सम्बन्धित विधेयक संसदमा लैजानोबारे सहमति भएको छ ।’

छलफलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता, प्रमुख सचेतकहरू, मुख्यसचिव, कानुन सचिव, प्रधानमन्त्री कार्यालयको कानुन महाशाखाको सचिवलगायतका उपस्थिति रहेको पाण्डेले जानकारी दिए ।

अघिल्लो पटक निर्वाचित प्रतिनिधिसभाको कार्यकाल गत असोजमा सकिएसँगै २७ विधेयक निष्क्रिय भएका थिए । देउवा सरकारले ल्याएको नागरिकता विधेयक दुई पटक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि निष्कृय भएको थियो ।