अष्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा आगलागी
एजेन्सी । अस्ट्रेलियाको मेलबर्नमा रहेको एक बौद्ध मन्दिरमा आइतबार राति आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि करिब ८० अग्निनियन्त्रकहरु घटनास्थलमा पुगी आगो नियन्त्रणका लागि काम गरिरहेका छन् ।
फायर रेस्क्यु भिक्टोरिया (एफआरभी) का कर्मचारीहरूलाई मेलबर्नको दक्षिणपूर्वमा रहेको ब्राइट मून बौद्ध मन्दिरमा स्थानीय समयअनुसार राति १०ः३५ बजे आगोलाई नियन्त्रणमा लिइएको एफआरभीले जनाएको छ ।
बौद्ध मन्दिरमा आगलागीपछि आसपासका बासिन्दालाई घरमा बस्न, बाहिरी ढोका र झ्यालहरू बन्द गर्न, तातो र एअर कन्डिसन सेवा बन्द गर्न भनिएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
एफआरभीका सहायक प्रमुख अग्नि नियन्त्रक पल फोस्टरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार अग्निनियन्त्रकहरूले सोमबार बिहान बाँकी रहेको आगो निभाउने काम गरिएकाे थियाे । फोस्टरका अनुसार पाँच तला अग्लो मन्दिरमा भीषण आगलागी भएको र आगलागीको ज्वाला केही किलोमिटर टाढादेखि स्पष्ट देखिएको थियो ।
ब्राइट मून बौद्ध समाजसँग सम्बन्धित यो मन्दिर सन् १९९१ मा जग्गा किनेर हालको हल र प्रार्थना स्थलमा परिणत गरिएको थियो । उक्त स्थल हाल स्थानीय बौद्ध समुदायका लागि प्रसिद्ध पूजास्थल बनेको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया