लामोसमय नङ पोलिस कसरी टिकाउने ?

एजेन्सी । नङ लामो बनाएर सुन्दर नेलपेन्ट गर्ने चाहना कसको नहोला तर यस्तो चाहना बाबजुद नङ भाचिने समस्या धेरैको छ । यसको एकमात्र विकल्प भनको नियमित हेरचाह नै हो ।
धेरैले नेल पालिस लामो समयसम्म टिक्दैन, दुई दिनमै पालिस निस्कन थाल्छ भन्ने गुनासो गर्छन् । यसको एक कारण नङमा पोषण तत्व कम भएर पनि हो । छाला जस्तै नङलाई पनि पोषण चाहिन्छ । पोषणको कमीले नै नङ कमजोर र निर्जीज बनाउँछ ।
यस्तोमा नङलाई स्वस्थ राख्न बदाम अथवा नरिवलको तेल लगाउन सकिन्छ । यसो गर्नाले नङ कमजोर हुन पाउँदैन् र बलियो हुन्छ र नङ भाँचिने र ट्रक्रिने समस्या हुँदैन् । त्यस्तै धेरैसमय सम्म नङलाई पानीमा भिजाएर राख्दा पनि नङ पोलिस नटिक्ने हुन्छ । नङ पोलिसको गुणस्तरमा कमी छ भने पनि यस्तो हुने गर्छ । त्यसैले नङ पोलिसको छनोट सहि र गुणस्तर हुन जरुरी छ ।
पोलिस लगाएपछि राम्ररी पूर्ण रुपमा सुकाउन पनि त्यतिकै महत्वपूर्ण छ । यसले नङमा पोलिस राम्ररी बस्न पाउँछ र लामो समय टिक्छ । कसैको बानि पोलिसलाई सुकाउन तातो पार्ने हुन्छ । तर त्यस्तो तातो प्रयोग गर्दा नङ छिटो सुकेपनि यसले नङ पोलिस टिक्दैन । अत्यधिक नङ पोलिसले पनि नङ पहेँलो बनाउने गर्छ ।
त्यसैले कहिलेकाहीँ नङहरू पोलिस नलगाएर छाड्दिने पनि गर्नुपर्छ । बलियो नङका लागि दैनिक आहारमा क्याल्सियम, सल्फर, एमिनो एसिड, फस्फोरस, भिटामिन ‘बी’ र ‘ई’ समावेश गर्नुपर्छ।
ताजा अपडेट
-
मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै ,५ वर्षमा पर्यटकको सङ्ख्या दोब्बरले बृद्धि
-
वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध
-
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
-
असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरको रोक
-
दुई बर्षमा निर्माण सक्नु पर्ने सडक पाँच बर्षसम्म अधुरै
प्रतिक्रिया