साँघुरो गल्लीको आगो नियन्त्रण गर्न नयाँ प्रविधि जडान गर्दै कामपा
काठमाडौं । काठमाडौं महानगरपालिकाले दमकल नछिर्ने आफ्नो क्षेत्रभित्र आगो निभाउन फायर हाइड्रन्ट जडान कार्य सुरु गरेको छ ।
महानगरपालिकाले काठमाडौंको कोर एरिया भनेर चिनिने निकै साँघुरा गल्ली भएका असन, इन्द्रचोकलगायत क्षेत्रमा यसको जडान कार्य सुरु गरेको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले सामाजिक सञ्जालमार्फत हाइड्रन्ट जडानको काम सुरु भएको जनाएका छन् ।
हाइड्रन्ट दमकल पस्न नसक्ने स्थानमा आगो निभाउने प्रविधि हो । यसमा पाइप जोडेर आगो लागेको स्थानमा पानी फ्याँक्न सकिन्छ ।
काठमाडौंका साँघुरा गल्ती भएका स्थानमा हुने आगलागी टाउको दुखाइको विषय बन्दै आएको छ । यो प्रविधि जडान भएपछि महानगरपालिका क्षेत्रको आगो नियन्त्रणमा सहजता हुने विश्वास महानगरपालिकाले लिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया